पहिरोले अवरुद्ध सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु
2021/08/27, 10:32
सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ।
कैलालीको खानीडाँडामा माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ।
डोजर लगाएर पहिरो पन्छाई राजमार्ग सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिराले भीमदत्त राजमार्ग अवरुद्ध भएको थियो । कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा सडक माथिबाट आएको पहिराले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको थियो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिराले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन खानीडाँडामै रोकिएका थिए । सडक सुचारु भएसँगै यात्रुहरु गन्तव्यमा लागेका छन् ।
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/28, 6:36
2020/11/05, 4:08
2021/06/05, 7:53
2022/01/20, 12:11
2022/12/12, 11:27