
गोदावरीमा पहिरो जादाँ पुरानो काठे पुलको छेउमा रहेको एउटा पसल बगाएको छ ।

गए राती देखी परेको अबिरल वर्षाको कारण गोदावरी नदीमा पानीको बहाव बढेसंगै पहिरो जादाँ काठेपुल छेउमा रहेको स्थानिय गणेश पाण्डेको को पसल बगाएको हो ।
पसल बगाउदा करिब ५० हजार बराबरको क्षति भएको गोदावरीवाट स्थानीय अनिसा क्षेत्रीले जानकारी दिइन् । यसका साथै पहिरोका कारण जमिन भसिदाँ पर्यटकिय क्षेत्र गोदावरीको पुरानो काठे पुल पनि जोखिममा परेको छ ।

पुलको छेउको पिल्लरबाट पहिरो गएकै कारणले पुल जोखिममा परेको हो । अहिले पनि खोलामा पनिको मात्रा बढीरहेको छ , पहिरो जान रोकिएको छैन् फेरी लगातार वर्षा भएमा काठे पुललाई पनि पहिरोले बगाउछ कि भन्ने डर रहेको क्षेत्रीले बताइन् ।
गएरातिदेखीको बर्षाले गोदावरी नगरपालिका भित्रका बिभिन्न स्थानमा क्षति पुञ्याएको छ ।
2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/01/03, 5:52
2024/11/23, 3:11
2021/04/17, 9:29