
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सोमबार थप १८ जनामा कोरोनाको संक्रमण देखिएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३४ नमूनाको परीक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ११६ जनाको रिपोर्ट निगेटिभ आएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना अस्पतालमा भर्ना भएका छन् भने ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। यस्तै अस्पतालमा ४ जनाको आइसीयु र १ जनाको भेन्टीलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ। हाल अस्पतालमा १० जना संक्रमित उपचाररत छन्।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2023/09/22, 1:15