एकै साता कैलालीमा सशस्त्रको पाँच विओपी स्थापना भएका छन् । कैलाली जिल्लामा एकै साता ५ वटा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट स्थापना भएको हो । एक सय एक किलोमिटर खुल्ला सीमाना रहेका कैलालीमा ५ वटा विओपी थप भएसँगै विओपीको संख्या ९ पुगेको छ ।
सीमा सुरक्षालाई मध्यनजर गर्दै नेपाल सरकारको मिति २०७६।०८।३० गतेको मन्त्री परिषद्को निर्णयले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको ११४ वटा नयाँ बिओपिहरु स्थापना गर्ने निर्णय अनुसार कैलाली जिल्लामा ६ वटा बिओपिहरु स्वीकृत भएको थियो । कैलाली जिल्लामा स्वीकृत भएका बिओपिहरु मध्ये भुईयाँफाटाको मिति गत पुस ११ गते कैलारी गाउँपालिका वडा नम्बर ७ मा स्थापना भएको थियो ।
भने लकडाउनको क्रममा जेठ २२ गते जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ९ बंगराकटान, धनगढी उप महानगरपालिका वडा नं. १० जुगेडा, कैलारी गाउँपालिका वडा नं. ३ खोनपुर, भजनी नगरपालिका वडा नं. ७ हक्मतपुरमा विओपी स्थापना भईसकेको छ । ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले विओपीको उद्घाटन गरे । सो अवसरमा वोल्दै उनले अहिलेको बिषम् परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीहरुको काँधमा राज्य र जनताको सेवा र सुरक्षाकाठूलो जिम्मेवारी आएको हुँदा ब्यक्तिगत सुरक्षालाई ध्यानमा राखी अझ बढी अनुशासित एबं कर्तब्यनिष्ठ भई राष्ट्रसेवामा लाग्नको लाग्न निर्देशन दिए ।
उनले सीमा सुरक्षा, अपराध नियन्त्रण र अबैध चोरी निकासी पैठारी नियन्त्रण तर्फ पनि ध्यान दिन निर्देशन दिए । सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हे.क्वा.कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सिनाले देशको सीमानामा पहिलो पंक्तीमा रहि काम गर्ने सुरक्षाकर्मीहरुलाई सँगै नागरिकहरुमा सुरक्षाको समेत प्रत्याभुति हुने विश्वनस व्यक्त गरे ।