डडेल्धुराका १२ वर्षीय निराजन बने विश्व हस्तलेखन प्रतियोगितामा दोस्रो
2021/08/31, 4:45

डडेल्धुरामा अध्ययनरत निराजन द्वारीया विश्व हस्तलेखन प्रतियोगितामा दोस्रो बनेका छन्। विश्व हस्तलेखन प्रतियोगिताको मुख्यालयले आयोजना गरेको प्रतियोगितामा उनी द्वितीय बनेका हुन्।

डडेल्धुराको माउन्टेन मावि बागबजारमा कक्षा ९ मा अध्ययरत १२ वर्षीय उनको घर डोटीको दिपायल सिलगढी नगरपालिका–३ हो। उनका बुवा लोक द्वारीयाका अनुसार विश्व हस्तलेखन प्रतियोगिता मुख्यालयका प्रतिनिधि विद्यालयमै पुगेर निराजनको लेखन नमूना संकलन गरेर लगेका थिए।
‘१५२ देश सहभागी बनेको प्रतियोगिताको ८–१२ उमेर समूहमा छोरा दोस्रो बनेका हुन। हरेक वर्ष अमेरिकाको न्यूयोर्कमा रहेको मुख्यालयले बोलाएरै पुरुस्कार वितरण गर्ने गरेको थियो। तर यसपालि कोरोना महामारीका कारण अक्टोबरमा प्रमाणपत्र वितरण गर्ने भनेको छ’ उनले भने।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/06, 11:37
2022/06/03, 12:03
2023/08/18, 2:41