सुदूरपश्चिम प्रदेशका ६ लाख बढीले लगाए कोरोना खोप (जिल्लागत सुचीसहित) 
2021/09/02, 4:05
 
dd

सुदूरपश्चिम प्रदेशका ६ लाख बढीले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । कोरोना खोपको पहिलो डोज ६ लाख एक हजार पाँच सय १८ जनाले लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

प्रदेशमा पूर्ण खोप लगाउनको संख्या चार लाख एक हजार ३३ रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी कैलालीमा एक लाख ५५ हजार पाँच सय १० जनाले पूर्ण खोप लगाएका छन् । कैलालीमा पहिलो डोज लगाउनेको संख्या भने एक लाख ९५ हजार तीन सय ६१ छ । 

कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५ सय २६, डोटीमा ३१ हजार तीन सय ८९, अछाममा ३० हजार ६ सय ७०, बझाङमा २२ हजार ५७, डडेल्धुरामा १२ हजार एक सय ६२ र बाजुरामा सात हजार दुई सय १३ जनाले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् ।

प्रदेशमा अहिले पनि खोप अभियान जारी रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ जिल्लागत सुचीः

1