कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक युवकको उद्धार गरिएको छ। दोधारा चाँदनी नगरपालिका -८ सुन्दरनगरका २९ वर्षीय नरबहादुर बुढाको गड्डाचौकी नाकाबाट उद्धार गरिएको हो।
भारतको सिम्लाबाट घर फर्किरहेका उनलाई गाडीमा लठ्याउने औषधी खुवाई १५ हजार भारु र एक थान मोबाइल लुटेर बनबासामा अलपत्र पारेको प्रहरीले जनाएको छ।
बनबासाबाट भारतीय सुरक्षाकर्मीले उद्धार गरी बुढालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी गड्डाचौकीबाट सीमानाकामा खटिएको टोलीलाई बुझाएको थियो।
उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको र लुटपाटमा संलग्न समूहको भारतीय सुरक्षाकर्मीसंग आवश्यक समन्वय गरी खोजी कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ।
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 6:55
2022/04/17, 5:13
2023/05/14, 2:41