
निको नभइकन डडेल्धुराका पाँच कोरोना संक्रमितलाई घर पठाइएको छ । १४ सम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

शनिबार गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षीय पुरुष र १७ वर्षीय युवक, सोही गाउँपालिका २ का १९ वर्षीय युवक २५ र ५७ वर्षीय पुरुषलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ती हरिप्रसाद भट्टले जानकारी दिए ।
उनीहरुलाई डडेल्धुरा सदरमुकाम स्थित अपि अस्पतालमा राखिएको थियो । जेठ ९ र १० गते भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई सुरुमा कोरोना पोजेटिभ देखिएको थियो ।

शनिबार पाँच जना डिस्चार्ज भएसँगै डडेल्धुरामा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ पुगेको छ ।
2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 10:11
2020/11/01, 1:29
2021/05/30, 9:35
2022/01/11, 3:20
2023/01/28, 12:50