
डोटीमा एक महिलामाथि बलात्कारको प्रयास भएको घटना सार्वजनिक भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौकामा सायल गाउँपालिकाकी एक महिलालाई बलात्कारको प्रयास गरिएको हो।

पीडित महिला १८ गते घरबाट गिरीचौकामा आफन्तलाई भेटघाट गर्न गएकी थिइन्। गिरीचौकाको ढाटवाडा र काडा टोलकोबीच जंगलमा एक जना अपरिचित पुरुषले आक्रमण गरेको उनले बताइन्।
आफूलाई पहिला हसिँया र बञ्चरोले घाइते बनाएको र त्यसपछि बलात्कारको प्रयास गरेको उनले बताइन्। घटनाका विषयमा प्रहरीलाई जानकारी आएको र घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55