सेती अस्पतालमा अक्सिजन प्लान्ट जडान सुरु, एक महिनाभित्र सञ्चालनमा आउने
2021/09/05, 3:16
 
dd

सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडानको प्रक्रिया सुरु भएको छ । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु हुन थालेपछि सेती प्रादेशिक अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान गरिन थालिएको हो ।

2

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अक्सिजन प्लान्ट पूर्ण रुपमा सञ्चालन आउन अझै एक महिना लाग्ने भएको हो । संघिय सरकारको सहयोगमा सेती अस्पतालमा अक्सिजन प्लान्ट जडान सुरु भएको हो । कोरोनाको दोस्रो लहरको समयमा अक्सिजन नपाएर कतिपय कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।

1

सोही समस्या आउन नदिन सेती प्रादेशिक अस्पतालमा दुई हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान गरिन लागिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनले भने,‘अक्सिजन प्लान्ट जडान कार्य सुरु भएको छ, कतिपय सामाग्रीहरु आइपुगेका छैनन् प्लान्ट सञ्चालनमा आउन अझै एक महिना सम्म लाग्ने छ ।’

यो प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजनको अभावमा कुनै पनि संक्रमित व्यक्तिले ज्यान गुमाउन नपर्ने उनको भनाई छ ।