सुदूरपश्चिमा २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि
2021/09/05, 7:10
 
dd

सुदूरपश्चिमा २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर ९ सय ६६ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार महाकाली अस्पतालमा ११ जनाको नमुना परीक्षण गर्दा ३ जना र डोटी अस्पतालमा ९ जनाको नमुना परीक्षण गर्दा १ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। 

यस्तै डडेल्धुरा असपताल १० जना र बझाङ अस्पतालमा १९ जनाको नमुना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ। आज प्रदेशभर १५ जनाले कोरोना जितेर घर फर्किएका छन्।