सुदूरपश्चिममा प्रदेशमा आज थप ४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट प्रदेशभर ९४७ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २० जना, डडेल्धुरा अस्पतालमा चार, महाकाली अस्पताल र जिल्ला अस्पताल बैतडीमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरका ११, डडेल्धुराका तीन, बझाङका दुई र कैलालीका जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।यसैबीच गएको २४ घण्टामा सङ्क्रमणका कारण यस प्रदेशमा एक जनाको पनि मृत्यु भएको छैन भने सोही अवधिमा प्रदेशभर सात जना सङ्क्रमणमुक्त भएका हुन् ।
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/27, 6:55
2022/04/17, 5:13
2023/05/14, 2:41