भीमदत्त नगरपालिकाले पूर्ण निषेधाज्ञा अवधिको सटर भाडामा छुट दिने
2021/09/10, 9:57
 
aa

कञ्चनपुरको भीमदत्त नगरपालिकाले पूर्ण निषेधाज्ञा अवधिको सटर भाडामा छुट दिने भएको छ।

नगरपालिकाको ६१ औँ कार्यपालिका बैठकले दोस्रो चरणको कोभिड १९ सङ्क्रमण रोकथामका लागि गरिएको निषेधाज्ञा अवधिको सटर भाडामा छुट दिने निर्णय गरेको हो। बैठकमा महेन्द्रनगर बजार क्षेत्रमा नगरपालिकाको नाममा रहेका सटरको भाडा छुट गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी हरि सिंह धामीले बताए।

नगरपालिकाले ४८ दिनको भाडा दर पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको उसनले बताए। हाल बजार क्षेत्रमा नगरपालिकाले एक सय वटा सटर भाडामा दिएको छ। यसअघि पनि नगरपालिकाले गत आर्थिक वर्षको व्यवसाय करमा ५ प्रतिशत छुट दिएको थियो।