सुदुरपश्चिममा शनिवार थप ६४ जनामा कोरोना पुष्टि भएकोमा त्यसमा कैलालीका ११ जना रहेका छन् । जस मध्य १ महिला र १० जना पुरुष रहेका छन् ।
कैलालीको चुरेका गाउपालिकाका पाँच जना, धनगढीका दुई जना, गोदावरीका दुई जना, लम्की चुहाका एक जना, टीकापुरका एक जना रहेका छन् । योसँगै कैलालीमा संक्रमितको संख्या ७८ पुगेको छ ।
कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा २७ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै टीकापुर नगरपालिकामा १४ जना, धनगढी उप–महानगरपालिकामा १३ जना, जानकी गाउँपालिकामा ९ जना, चुरे गाउँपालिकामा ५ जना, लम्कीचुहा नगरपालिका ३ जना, गोदावरी नगरपालिकामा ३ जना, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका तथा मोहन्याल र बर्दगोरिया गाउँपालिकामा एक/एक जना कोरोना संक्रमित भेटिएका छन्।
संक्रमित मध्ये हालसम्म नौँ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। एक जनाको मृत्यु भएको छ भने एक जना थप उपचारका लागि काठमाडौँ रेफर भएका छन्। प्रदेशकै पहिलो पटक चैत १४ गते कोरोना संक्रमण देखिएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ वर्षीय युवक र बैशाख १ गते संक्रमण पुष्टि भएकी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६१ वर्षीय महिला कोरोनाई जितेर घर फर्किसकेका छन्।
जानकी गाउँपालिकाका ५ जना पनि कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। अन्यको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धीत क्वारेन्टाइनमै राखेर उपचार भइरहेको छ। कैलालीपछि कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, अछामका १६, दार्चुलामा १२, डोटीका १३, बझाङमा १४, बैतडीमा ६ र बाजुराका २१ जनामा कोरोना पुष्टि भएको छ।