सुदूरपश्चिमका ७ जिल्लाका ५ सय ३५ वडामा काग्रेसको अधिवेशन
2021/09/11, 10:12
 
ss

सुदूरपश्चिम प्रदेशका ७ जिल्लाका ५ सय बढी वडामा नेपाली काँग्रेसको वडा अधिवेशन सकिएको छ ।  प्रदेशको राजधानी समेत रहेको कैलाली र बाजुरामा जिल्ला बाहेक अन्य ७ जिल्लाका ५ सय ३५ वडामा अधिवेशन सकिएको हो । 

सात जिल्लाका पाँच सय ३५ वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको हो। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार अधिवेशन गरिएको छ।   

निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटा वडा रहेको डडेल्धुरामा ४८ वडामा नयाँ नेतृत्व चयन भएको छ।  अधिवेशनलाई जिल्ला सभापति कर्ण मल्लको समूहले बहिष्कार गरेको छ ।

अहिलेसम्म कञ्चनपुरका ९२, अछामका ९१, बैतडीका ८४, दार्चुलाका ६१, डोटीका ६५ र  बझाङका ९४ वडामा अधिवेशन सकिएको बताइएको छ । कैलाली र बाजुरामा जिल्लामा अझै वडा स्तरको अधिवेशन अनिश्चित नै रहेको छ । 

कैलालीको निर्वाचन क्षेत्र नम्बर १, २ र ४ र बाजुरामा पनि केन्द्रबाट क्रियाशिल सदस्य थपेको भन्दै विवाद रहेको छ ।