
कैलालीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका ७ मा हुलाकी राजमार्गमा ग ७ प ७८३ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा साईकलमा सवार ५० वर्षीय लाहुराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटर साईकलको ठक्करबाट गम्भीर घाईते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।
प्रहरी नायब उपरिक्षक विष्टका अनुसार दुर्घटनामा मोटरसाईकल चालक कैलारी ७ कै २० वर्षीय अमित चौधरी पनि गम्भीर घाइते भएका छन् । उनको सेती अस्पतालमा उपचार भईरहेको छ । मोटर साईकल पछाडी सवार २१ वर्षीय विष्णु चौधरीको अवस्था भने समान्य छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/06/04, 7:07
2020/11/04, 10:55