बाजुराको मुक्तिकोट १ की भावना कामी र उनका नौ महिने छोरा सुमित कामीको निसर्ग हस्पिटलले निशुल्क उपचार गरेको छ । आमालाई रक्तश्राव हुने र छोरालाई निमोनियाको समस्या भएकाले अस्पतालमा उपचार गरिएको हो ।
धनगढीमा रहेको सुदूरपश्चिमकै सुविधासम्पन्न अस्पतालमा शुक्रबार भर्ना भएका २४ बर्षीया भावना कामी र उनका नौ महिने छोरा सुमित कामीको निशुल्क उपचार गरिएको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए । ‘पहिरोले घर पनि लगेपछि छिमेकीको गाई गोठमा बसिरहेका छौँ,’ भावनाका श्रीमान उज्वल कामीले भने, ‘यहीबेला आमा छोरा बिरामी भए ।’ घरखर्च चलाउन पनि निकै मुस्किल भएका उनीहरुको असार ६ गते आएको पहिरोले घर पनि पुरिदिएको थियो ।आमालाई छिनछिनमा रक्तस्राव हुने र बच्चालाई निमोनियाको समस्या देखिएको थियो । निमोनियाले ग्रसित बालकलाई अक्सिज दिएर उपचार गर्नुपरेको थियो भने आमालाई डाक्टरको विशेष निगरानीमा उपचार गरेर सन्चो पारिएको अध्यक्ष पन्तले बताए ।
अस्पतालले निशुल्क उपचार गरेर ठूलो गुन लगाएको उज्वलले बताए । उनले भने, ‘मेरो आर्थिक अवस्थाले त म उनीहरुलाई जोगाउनै सक्ने थिएन। अस्पतालले मेरो जहान परिवारको ज्यान जोगाइदियो ।’
2025/01/21, 12:14
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 8:12
2020/12/31, 9:19
2022/02/08, 4:31