सुदूरपश्चिमबाट कसले पाए विभूषण, अलङ्कार र पदक ?
2021/09/19, 8:31
 
ss

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन्। भदौ २९ गतेको मन्त्रिपरिषद्ले गरेको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले ती विभूषण तथा पदक प्रदान गरेकी हुन्।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम भदौं २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा ती विभुषण प्रदान गरेकी हुन्। जस अन्तर्गत सुदूरपश्चिममा पनि समाजसेवि, राजनीतिकर्मी, अभियान्ता, अगुवा, विभिन्न कार्यलयमा कार्यरत कर्मचारीलाई समेत पदक प्रदान गरेकी छन्।

सुदूरपश्चिमबाट को को परे ?

प्रसिद्ध प्रबल जनसेवाश्री
१) स्व.द्धारिका देवी ठकुरानी–समाजसेवि/राजनीतिकर्मी–डोटी
२) सिद्धराज ओझा –समाजसेवि/राजनीतिकर्मी–डोटी
३) भीमदत्त पन्त–सामाजिक अगुवा– कञ्चनपुर
४)स्व.शिवदत्त जोशी–राजनीतिकर्मी/आन्दोलनकर्मी–कैलाली
५) टेक बहादुर चोख्याल–राजनीतिकर्मी–कैलाली
६) स्व. एनडी प्रकाश चटौत–समाजसेवि/राजनीतिकर्मी–डडेल्धुरा
७) स्व.दुर्गादत्त जोशी–समाजसेवि/राजनीतिकर्मी–कञ्चनपुर
८) खम्म खाती (महान्याधिवक्ता) महान्याधिवक्ता कार्यालय काठमाडौं

सुप्रबल जनसेवाश्री
१) भीमबहादुर साउद परशुराम नगरपालिका डडेल्धुरा
२) डा.हेमराज पाण्डे सेती प्रादेशीक अस्पताल धनगढी
३) टेकेन्द्र कार्की अनुसन्धान निर्देशक -राष्ट्रिय अनुसन्धान सुप धनगढी

प्रवल जनसेवाश्री
१) स्व.एनडी प्रकाश चटौत–राजनीतिकर्मी–डडेल्धुरा
२) स्व.चेतराज जोशी–राजनीतिकर्मी–डोटी
३)स्व.नवराज जोशी–राजनीतिकर्मी–डोटी
४)स्व. लक्ष्मीकान्त पन्त–साममाजिक अभियान्त–डोटी
५)स्व. टेकबहादुर अमात्य–राजनीतिकर्मी–डोटी
६)स्व.केशरसिंह कडायत–राजनीतिकर्मी–कैलाली
७)स्व. डम्बरबहादुर स्वाँर– राजनीतिकर्मी/समाजसेवी–अछाम
८)स्व. भैरवसिंह रावल–राजनीतिकर्मी– अछाम
९) स्व. ओमजंग बहादुर सिंह–राजनीतिकर्मी–बझाङ्ग
१०) स्व. दशीराज चौधरी–राजनीतिकर्मी/समाजसेवी–कैलाली
११) स्व. जगन्नाथ ओझा–समाजसेवि/राजनीतिकर्मी–डोटी
१२) स्व. दिलबहादुर बुढथापा–समाजसेवि–अछाम
१३)स्व. प्रतापराम लोहार–सामाजिक अभियान्ता–दार्चुला
१४) जगत प्रकाश जोशी (कानून व्यवसायी) शैल्यशिखर–५ दार्चुला
१५) टेकराज जोशी (समाजसेवी) धनगढी,कैलाली
१६) डा. सुरेशराज पन्त – आँखा चिकित्सक) धनगढीउपमहानगर–२ कैलाली
१७)पदम प्रकाश अधिकारी (वरिष्ठ कृषि अधिकृत) प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, डडेल्धुरा
१८) डा. रेश कुमार राई (वरिष्ठ कन्सलटेण्ट अर्थोसर्जन) टीकापुर अस्पताल कैलाली
१९) उमा प्रसाद चतुर्वेदी (एसपी) जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
२०) रामचन्द्र भट्ट (कृषि प्रसार अधिकृत) कृषि ज्ञान केन्द्र डडेल्धुरा
२१) टेकबहादुर विष्ट (कृषि प्रसार अधिकृत) कृषि ज्ञान केन्द्र,बझाङ
२२) ज्योत्सना भट्ट जोशी (सहायक सिडिओ) प्रशासन दार्चुला
२३)भरत बन्धु थापा (पत्रकार) दशरथचन्द पालिका–५ बैतडी

जनसेवाश्री
१) चतुर बहादुर चन्द (अध्यक्ष नेपाल क्रिकेट संघ) दशरथचन्द पालिका–५ बैतडी
२) दिपेन्द्र प्रसाद भट्ट (शिक्षासेवा) अमरगढी नपा–७ डडेल्धुरा
३) रश्मी पन्त (समाजसेवी) भीमदत्त नपा–१८ कञ्चनपुर
४) सुजल बम (बहिरा कलाकार) डोटी
५) चन्दबहादुर देउवा (प्रावि द्धितीय) असीग्राम मावि डडेल्धुरा
६) छत्रबहादुर जोशी ( समाजसेवी) धनगढी उपमहानगरपालिका कैलाली
७) पण्डित चेतराज उपाध्याय ( समाजसेवी) डोटी
८) हेमराज ओझा (समाजसेवी) कञ्चनपुर
९) नरेन्द्रबहादुर साउद (पत्रकार) अछाम
१०) निरन्जन प्रसाद भट्ट ( समाजसेवी) भीमदत्त नगरपालिका–१५ कञ्चनपुर
११) जयराज भट्ट (जनस्वास्थ्य अधिकृत ) स्वास्थ्य कार्यालय दार्चुला
१२ ) लालबहादुर बोगटी –(नासु) जिल्ला कारागार कार्यालय डोटी
१३) महानन्द जोशी (नासु) जिल्ला प्रशासन कार्यालय अछाम

नेपाल प्रताप आभूषण
१) पंचकुमार बाखु (डिएसपी) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी

प्राकृतिक प्रकोप पीडितोद्धार पदक
१) न.२७२८७३ मिना कुमारी धामी (सिपाही) कालीरक्षा गण (इ) बढैपुर व्यारेक कैलाली