सुदूरपश्चिममा तेस्रो स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको छ । धनगढी स्थित प्रयोगशालामा स्वाब परिक्षणको क्रममा कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ का ल्याब एसिसडेन्टलाई शनिवार कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिवार कोरोना पुष्टि भएका कञ्चनपुरका २१ जना मध्ये १४ जना लालझाडी गाउँपालिकामा कोरोना पुष्टि भएको छ । त्यसमा ३२ बर्षीय स्वास्थ्यकर्मी रहेका छन् । ती गाउँपालिकाका संक्रमितहरुको चेकजाँचमा संग्लन ती स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएपछि अहिले उनी होम क्वारेन्टाईनमा वसेका छन् ।
खबरकुञ्जसँग कुराकानी गर्दै उनले आफुमा कुनै पनि लक्ष्मण नदेखिएको र आफु घरमै सेल्फ क्वारेन्टाईनमा वसेको बताए । यसअघि लालझाडी गाउँपालिकासँगै जोडिएको पुर्नवास नगरपालिकाका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु दुवै जना अस्पतालको आईसोलेसनमा उपचाररत रहेका छन् ।