नवजीवन अस्पतालको आईसियुमा रहेका पुरुषमा कोरोना पुष्टि, सेतीको आईसियुमा सिफ्ट गरियो
2020/06/14, 10:07

धनगढीको नवजीवन अस्पतालमा उपचार गराईरहेका एक पुरुषमा कोरोना पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ का ४३ बर्षीय पुरुषमा शनिवार राति ११ बजे कोरोना पुष्टि भएको हो । उनी केही दिनदेखि नवजीवन अस्पतालको आईसियुमा उपचार गराईरहेका थिए ।

ईमरजेन्सी केस भएका कारण शनिवार राति धनगढी स्थित प्रयोगशालामा जाँच गर्दा उनीमा कोरोना पुष्टि भएको हो । तर उनको वारेमा विस्तृत जानकारी अझैं आउन सकेको छैन् । पुरुषको सम्पर्कमा आएका नवजीवन अस्पतालको आईसियुमा रहेकाहरुलाई आईसोलेसनमा राखिएको छ ।
अस्पताललाई सिल गरिएको छ । संक्रमण पुष्टि भएका पुरुषलाई सेती प्रादेशिक अस्पतालको आईसियुमा सारिएको छ । उनमा कोरोना पुष्टि भएप्छि सारिएको अस्पताल स्रोतले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/06/04, 7:07
2020/11/04, 10:55