सुदुरपश्चिममा चौथो स्वास्थ्यकर्मीलाई कोरोना, डडेल्धुरामा महिला नर्सलाई पनि पुष्टि
2020/06/14, 11:04

सुदुरपश्चिममा चौथो स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । शनिवार डडेल्धुराका २४ जनामा कोरोना पुष्टि भएकोमा २३ जना एकै नवदुर्गा गाउँपालिकामा रहेकोमा २७ बर्षीय महिलामा डडेल्धुरा अस्पतालमा कार्यरत नर्सिङ्ख स्टाफ रहेको खुलेको हो ।

उनी अहिले आईसोलनमा रहेको अस्पतालका निमित्त मेसु डाक्टर जगदिशचन्द्र विष्टले जानकारी दिए । उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट टेसिंगको काम भईरहेको विष्टले बताए । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीको संख्या चार पुगेको छ ।
कञ्चनपुरको लालझाडीका ३२ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । यसअघि कञ्चनपुरको पुर्नवास नगरपाकिला दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/15, 9:13
2020/09/13, 2:39
2021/03/08, 1:04
2021/10/05, 10:35
2022/12/12, 11:27