
सुदूरपश्चिममा थप एक जना चालकमा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा शनिवार धनगढीका दुई जनामा कोरोना पुष्टि भएकोमा वडा नम्वर १ का पुरुष भने चालक रहेको खुलेको हो ।

उनी एक होटेलको निजि गाडी चालक रहेको वडा नम्वर १ का वडा सदस्य धर्मराज उपाध्यायले पुष्टि गरे । वडा नम्बर १ अदालत रोडका ती चालकलाई कुनै पनि कोरोनाको लक्षण नदेखिएपछि उनलाई घर फिर्ता पठाईएको छ । उनमा कुनै लक्षण नदेखिएकोमा सेती प्रादेशिक अस्पतालले नयाँ निर्देशिका अनुसार घर पठाएको जनाएको छ ।
ती संक्रमित पुरुषले लकडाउनको अवधिमा विहेको गाडीमा जन्ती समेत वोकेको खुलेको छ । यसअघि सुदूरपश्चिममा एक जना बस चालक र एक जना एम्बुलेन्स चालकमा कोरोना पुष्टि भईसकेको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/20, 5:43
2021/01/02, 1:53
2021/07/11, 4:39