निसर्ग हस्पिटलद्वारा सुदूरपश्चिममा धेरै पटक रक्तदान गर्ने नेपाल र पाण्डेय सम्मानित
2020/06/14, 12:29

बिश्व रक्तदाता दिवसको अवसरमा धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले रक्तदाता सम्मान तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। अस्पताल परिसरमा आयोजित कार्यक्रममा सुदुरपश्चिममै सबैभन्दा धेरैपटक रक्तदान गरेको भन्दै सन्चारकर्मी दीपक नेपाललाई दोसल्ला तथा प्रमाण पत्रले सम्मान गरीएको छ।

सम्मानित हुने नेपालले अहिलेसम्म ८० पटक रक्तदान गरेका छन्। यस्तै सोही अवसरमा नेगेटिभ रक्त समुहबाट धेरै पटक रक्तदान गरेको भन्दै एक्सिस बिद्याश्रामकी शिक्षिका निशा पाण्डेलाई समेत सम्मान गरीएको छ।
हस्पिटल अध्यक्ष तिर्थ पन्तले दुवै जनालाई सम्मानपत्र हस्तान्तरण गरे। हस्पिटलले बिश्व रक्तदाता दिवसको अवसरमै रक्तदान कार्यक्रम समेत गरेको छ । सोही अवसरमा १० जनाले रक्तदान गरेको अस्पतालका निर्देशक कुबेर शाहीले बताए।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 10:11
2020/11/01, 1:29
2021/05/30, 9:35
2022/01/11, 3:20
2023/01/28, 12:50