डडेल्धुराका सबै स्थानीय तहमा नेपाली काँग्रेसको अधिवेशन
2021/09/26, 9:46
 
dd

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत डडेल्धुरामा गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन भएको छ। जिल्लाको अमरगढी नगरपालिका र नवदुर्गा गाउपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ।

बाँकी पाँच वटा तहमा निर्वाचन प्रणाली बाट अधिवेसन भएको छ। अमरगढी नगरपालिकाको नगर सभापतिमा खेमराज भट्ट निर्वाचित भएका छन्। त्यस्तै जिल्लाको नवदुर्गा गाँउपालिकामा भोजराज भट्ट गाँउपालिका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् भने उनीसंगै पुरै कार्यसमिति सर्वसम्मत चयन भएको हो ।  

अजयमेरु गाँउपालिकामा टेकराज पाण्डेय  सभापतिमा निर्वाचित भएका छन् । परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी निर्वाचित भएका छन् । गन्यापधुरा गाउँपालिका सभापतिमा ईन्द्र कार्की निर्वाचित भएका छन्। आलितालमा चन्द्रदेब बोहरा गाँउपालिका सभापतिमा विजय भएका छन्। भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी गाउपालिका सभापति निर्वाचित भएका हुन्।