
सशस्त्र प्रहरी बल नेपालले अबैध सामान तथा काठ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट गड्डाचौकी, आपताल, पशुपतिटोल, झिलमिलाबाट खटीएका सीमा गस्ती टोलीले गस्ती गर्ने क्रममा निषेधाज्ञा उल्लघंन गरी सीमा ईलाकाबाट अबैध रुपमा चोरी निकासी गरी बेवारिसे अवस्थामा रहेको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

अन्दाजी ५ लाख ३१ हजार ७ सय ९५ रुपैया बराबरको सुर्ति, बिडि, खाद्य बस्तु, ईलेक्ट्रिक समान, मोटरर्साकल पार्टस, कपडा, सिसौ र जामुनको काठ सहितको ट्याक्टर र २ जना ब्यक्तिलाई पक्राउ गरेको हो। आवश्यक कानूनी कारवाहीको लागि सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र काठ, ट्याक्टर र २ जना ब्यक्तिहरुलाई रेन्जर पोष्ट बेलडाँडीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/07, 9:05
2020/11/20, 1:50
2021/05/04, 9:15
2022/10/26, 12:52