सेती प्रयोगशालामा १० जनामा कोरोना पुष्टि, एकको मृत्यु
2021/10/01, 4:52
 
dd

सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा शुक्रबार १० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५६ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

सो अवधिमा अस्पतालमा ६ जना भर्ना भएका छन् । हाल अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ५ का ९० बर्षीय  वृद्ध रहेको अस्पतालले जनाएको छ ।