
सुदूरपश्चिम प्रदेशमा शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४९ नमूनाको कोरोना परिक्षण गरिएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार ६० नमूनाको कोरोना परिक्षण गरिएकोमा ३ जना र पीसीआर बिधिबाट १ सय ८९ नमूनाको कोरोना परिक्षण गर्दा २९ जनामा संक्रमण पुुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३२ जना संक्रमण मुक्त भएका छन । यो संगै कोरोना निको हुनेको संख्या ३७ हजार ३ सय ४ पुगेको छ । हालसम्म प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ९६ रहेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/07, 9:05
2020/11/20, 1:50
2021/05/04, 9:15
2022/10/26, 12:52