
कैलालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित ना८ख २२४२ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसको ठक्करबाट दार्चुलाको खण्डेश्वरी घर भएका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक कैलालीको भजनी नगरपालिका-१ का ३२ वर्षीय आशिष चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरियाबाट नियन्त्रणमा लिएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/07, 9:05
2020/11/20, 1:50
2021/05/04, 9:15
2022/10/26, 12:52