
कञ्चनपुरमा जुवा खेलीरहेकोे अवस्थामा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको दोधाराचाँदनी नगरपालिकामा १ लाख २२ हजार नगद सहित १५ जुवाडे पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालयको टोलीले गएराति नगद सहित जुवाडेहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेका अनुसार झोलुङ्गे पुल नजिक एक घरमा जुवा खेलाईएको सूचनाको आधारमा छापा मारिएको थियो ।
राति १ बजे मोहन सिंहको घरमा १ लाख २२ हजार २ सय १० रुपैया सहित १५ जुवाडेलाई पक्राउ गरिएको न्यौपानेले बताए ।
उनिहरुलाइ मुलुकी अपराध संहिता ऐन अन्तरगत कार्वाही प्रक्रिया अघि बढाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07