
समिट एयरको जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ । धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी आएर जहाज उडन नसकेपछि विमानस्थल अवरुद्ध भएको हो । सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।

टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल अवरुद्ध भएको छ । सो विमानका कारण यहाँबाट काठमाण्डौंका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन । समिट एयरको जहाज ग्राउण्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले बताए । ‘पाइलटले इन्जिनीयरसंग सल्लाह लिइरहनु भएको छ । सम्भवतः केही समयमा अवरोध हट्छ होला’, उनले भने ।
सो जहाज उड्न नसकेपछि काठमाण्डौंबाट केही समयमा धनगढी आउने बुद्ध एयरको जहाजको उडान पनि प्रभावित हुने सम्भावना छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/16, 6:42
2020/12/02, 11:08
2022/01/14, 1:22