नेकपा एसद्वारा सुदूरका नेताहरूको कार्य विभाजन, कुन जिल्लामा कसले पाए जिम्मेवारी ?
2021/10/16, 11:40

नेकपा (एकीकृत समजवादी) को सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीले पाएका छन्। डडेल्धुराका शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी दिएको सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले जानकारी दिइन्। उनका अनुसार रामकुमार ज्ञवाली, निरा जैरु र प्रेम आलेलाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ।


यस्तै प्रदेशका ९ जिल्ला इन्चार्जको पनि टुंगो लागेको शाहले जानकारी दिइन् । दार्चुलामा नरेन्द्र बिष्ट, बैतडीमा परमानन्द भट्ट, डडेल्धुरामा नरबहादुर बिष्ट, कञ्चनपुरमा लालबहादुर खड्कालाई इञ्चार्ज तोकिएको छ।
यस्तै कैलालीमा दीर्घ सोडारी (प्रदेश कमिटी उपसचिव समेत), डोटीमा हर्कबहादुर सिंह (प्रदेश कमिटी उपाध्यक्ष समेत), बझाङमा दिलबहादुर सिंह, अछाममा शेरबहादुर कुँवर (प्रदेश कमिटी उपाध्यक्ष समेत) र बाजुरामा हिक्मत जङ्ग शाहीलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19