
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५ जनाको नमूना परिक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जना अस्पताल भर्ना भएका छन् । भने ३ जना कोरोनामुक्त भएका छन् ।
यस्तै सोही अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ७० बर्षीय एक पुरुष र कञ्चनपुरको बेलडाडी गाँउपालिका २ का ६७ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01