
सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार प्रदेशका विभिन्न अस्पतालका प्रयोगशालाहरुमा ३४० जनामा गरिएको एन्टिजेन परिक्षणमा २ जना र ८१ जनामा गरिएको पिसिआर परिक्षणमा १० जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै प्रदेशका संक्रमितको संख्या ४७ हजार ४ सय ९० पुगेको छ । सोमबार २५ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै प्रदेशका कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय ८४ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
यसैबिच प्रदेशमा सोमबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ का ६० वर्षिय पुरुष र कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडा नं. २ का ६७ वर्षिय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01