डोटीको बडीकेदारमा मिनि ट्रक दुर्घटना, बुबा छोराको मृत्यु, ट्रक चालक फरार
2020/06/15, 3:40

डोटीको बडीकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिको वडा नम्बर ३ सुनालेकमा से १ ख १२६२ नम्बरको मिनि ट्रक दुर्घटनामा परि सोही ठाउँका बुवा छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४० बर्षीय डबल पुन मगर र उनका १३ बर्षीय छोरा धिरज रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । ट्रक चालक श्यामलाल चौधरी फरार रहेका छन् ।
घागलबाट धनगढी आउँदै गरेको मिनि ट्रक सोमबार सुनालेक नजिक दुर्घटना भएको हो ।
पानी परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना हुँदा ट्रक सडकबाट एक सय मिटर तल खसेको छ । ट्रकमा सवार अन्य हाम फालेर बाँच्न सफल भएका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/20, 5:43
2021/01/02, 1:53
2021/07/11, 4:39