
डोटीमा पहिरोमा परी थप दुई जनाको मृत्यु भएको छ। सायल गाउँपालिका वडा नम्बर ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मंगलबार पहिरोमा पुरिएर मृत्यु भएको हो।

स्थानीयका अनुसार हिरुवाका छोरा रमेश विक र भतिजा भीम विक घाइते भएका छन्। उनका छोरा रमेश भने गम्भीर घाइते रहेको स्थानीयले बताएका छन्।
त्यस्तै मंगलबार छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोकाया मृत फेला परेका छन्। उनी घरदेखि १०० मिटर तल फेला परेको बताइएको छ। योसँगै डोटीमा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01