सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै अवरुद्ध
2021/10/21, 9:52
 
Co

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै सुचारु हुन सकेको छैन । सहयोगमा सडक बिभागका कर्मचारीहरु र सुरक्षाकर्मीहरुको टोलीको टोलीले तीन दिनयता सडकमा खसेको पहिरो हटाउने प्रयास जारी राखेका छन् । भात्काडादेखि गैरा अन्तर्गत पर्ने सडक खण्डका दर्जनौ स्थानमा पहिरो खसेका कारण चार दिनयता भीमदत्त राजमार्गमा यातायात सेवा अवरुद्ध भएको हो । 

May be an image of tree and outdoorsडडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले सडकमा खसेको पहिरो स्काभेटरबाट हटाउने प्रयास जारी रहेको पश्चिम टुडेलाई बताए । May be an image of outdoors and tree

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– १ साहुखर्क, वडा नम्बर ३ गाईलीखेत, सेल्तडा, नवदुर्गा गाउँपालिका – ३ गजरौला आलिताल गाउँपालिका – १ घण्टेश्वर, वडा नम्बर ३ कटालमा पहिरोका कारण सडक अबरुद्ध भएको छ ।May be an image of tree and outdoors

भीमदत्त राजमार्गका दर्जन बढि स्थानमा खसेको पहिरो आज दिनभरीमा हटाउने प्रयास प्रशासनले गरिरहेको छ ।