दिपायलमा प्रधानमन्त्री देउवा: बाढी पहिरोले गरेको क्षतिका बारेमा लिए जानकारी
2021/10/21, 11:58

प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश पुगेका छन्। बाढी पहिरोका कारण भएको क्षतिको निरीक्षणका लागि उनी दिपालय पुगेका हुन्।

दिपालयमा उनले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिएका छन्। सरोकारवालासँग जानकारी लिएपछि देउवाले आज सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्नेछन्।
आइतवारबाट परेको वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने कैयन् धानबालीमा क्षति पुगेको छ। बाढीका कारण केही मानिसहरु अझै बेपत्ता रहेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02