
कैलालीमा एक जना भारतिय नागरिक मृत फेला परेका छन ।जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ को कैलाली खोलामा भारतीय नागरिक उदय पाल मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार भारतको पलिया घर भइ धनगढीमा मजदुरी गर्दै आएका ३२ वर्षीय पालले बुधबार साँझ सन्तोषीटोलस्थिल कैलाली खोलामा बनेको पुलबाट हाम फालेका थिए ।
उनी बिहिबार विहान हाम फालेकै स्थानमा मृत फेला परेका हुन् । पालले नेपालीसंग विवाह गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36