
सुदुरपश्चिममा अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट ३१ जनाको मृत्यु भएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डोटीमा १६, बझाङमा ८, बैतडीमा ४, डडेल्धुरामा २ र कैलालीमा १ जनाको मृत्यु भएको हो।
यस्तै, १७ जना घाइतेहरू उपचाररत् रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा डोटीका ११, डडेल्धुरा र बैतडीमा २-२, बझाङ र बाजुरामा १-१ जना छन्।

यस्तै, बाढी पहिरोमा परी प्रदेशमा २३ जना बेपत्ता छन्। जसमा बझाङका २१, कैलाली र बैतडीमा १-१ जना छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36