सुदूरपश्चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुग्यो (नामावली सहित)
2021/10/24, 1:07

सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ। गत असोज ३१ गतेदेखि अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस ३७ जनाको मृत्यु भएको हो।

बाढीपहिरो, डुबानमा परी डोटीमा १६, बझाङमा १२, बैतडीमा ४, डडेल्धुरामा ३, अछाम र कैलालीमा एकरएक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस्तै बाढीपहिरोमा परेर प्रदेशमा अझै २२ जना बेपत्ता छन्। बेपत्ता हुनेमा बझाङमा १९ र बैतडी, डोटी, कैलालीमा एकरएक छन्। यस्तै विपदमा परी १७ जना घाइते छन्। डोटीमा ११, डडेल्धुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एक/एक जना घाइते भएका हुन्।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36