
कञ्चनपुरको एक मोटरसाइकल शोरुममा चोरी भएको छ। शनिबार राति जिल्लाको बेलौरी नगरपालिकास्थित बजारमा रहेको डिडी अटो मोबाइल शोरुममा तोडफोड गरी ३ वटा मोटरसाइकल चोरी भएका हुन्।

शोरुमको सीसीटीभीको तार झिकेर ‘पल्सर २०० सिसी’ १ थान र ‘पल्सर १५० सिसी’ २ थान मोटरसाइकल चोरी भएको सञ्चालकले बताएका छन्।
प्रहरीले उक्त घटनाको अनुसन्धान भइरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल खड्काले चोरी भएका मोटरसाइकलबारे सुक्ष्म अनुसन्धान भइरहेको बताए।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36