
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ७५७ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तेह्र जनामा आरटी पीसीआर र एक जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १० र महाकाली अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टीजेन विधिमार्फत दार्चुलामा एक जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै सोही अवधिमा प्रदेशभर पाँच जना कोरोनाबाट मुक्त भएका छन्, भने प्रदेशमा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । कञ्चनपुरकी ५० वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कोरोनाबाट मृत्यु भएको हो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38