एमाले र एकीकृत समाजवादीबीच विवाद बढेपछि पार्टी कार्यालय सुरक्षा घेरामा
2021/10/27, 9:40

कैलालीमा एमाले र नेकपा (एकीकृत समाजवादी) बीच विवाद बढेपछि पार्टी कार्यालय सुरक्षा घेरामा राखिएको छ। गौरीगंगा नगरपालिका वडा नम्बर १ मा रहेको नेकपा एमालेको पार्टी कार्यालय प्रहरीको सुरक्षा घेरामा राखिएको हो।

नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीबिच भवन प्रयोग गर्ने विषयमा भएको विवादको सम्वन्धमा शान्ति सुरक्षामा प्रतिकुल अवस्था श्रृजना भएकोले धनजनको क्षति हुन नदिन प्रहरीले कार्यालय सुरक्षाको घेरामा राखेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
दुवै पक्षको सहमती नभएसम्म वा उपयुक्त व्यवस्था नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार हाल उक्त भवनमा दुवै पक्षलाई प्रयोग गर्न नदिन सुरक्षा व्यवस्था मिलाइएको उनले बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02