
डोटीमा जुवा खेलीरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्। जिल्लाको दिपायल शिलगढी नगरपालिका–५ धामीगाउँ जाने सडक नजिक टहराभित्र पासा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय दिलबहादुर भण्डारीसहित ५ जनालाई मंगलरबार राति प्रहरीले पक्राउ गरेको हो।

उक्त टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनीहरूलाई पासा खेलिरहेको अवस्थामा नगद १ लाख ८४ हजार रुपैयाँ र ३ थान पासा सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका अन्यको नाम भने प्रहरीले खुलाएको छैन।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36