
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी शक्तिहरूसँग साँठगाँठमा गरिरहेको आरोप लगाएका छन्।

बिहीबार एकीकृत समाजवादी कञ्चनपुरको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले ओली दक्षिणपन्थी दिशामा अगाडि बढेको आरोप लगाएका हुन्। ‘ओली राप्रपा र महन्थ ठाकुरसँग मिल्छन्। दरबारीयासँग उनको सम्बन्ध छ। हामी जहिल्यै पनि प्रतिगमनका विरुद्ध छौँ’ उनले भने।
यस्तै अध्यक्ष नेपालले अध्यक्ष केपी शर्मा ओली ‘गफाडी’ भएको समेत आरोप लगाएका छन्। ‘ओलीले घरघरमा ग्यास ल्याउने, पानी जहाज चलाउने नक्कली कुरा गरे। हामी कामकाजी। हामीबीच यहीँ भिन्नता छ। ओली गफमा रमाउने, हामी काममा’ उनले भने। ओलीले विदेशी शक्ति सामु घुँडा टेकेको उनको आरोप छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19