
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५५ नमूनाको कोरोना जाँच गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एन्टिजेन बिधिबाट ९ सय ८८ नमूनाको कोरोना जाँच गर्दा १० जना र पीसीआर बिधबाट ६७ नमूनाको कोरोना जाँच गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संग कोरोना संक्रमितको संख्या ४७ हजार ७ सय २३ पुगेको छ । यसैबिच पछिल्लो २४ घण्टामा ७ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार ७ सय १२ पुगेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36