
कञ्चनपुरको वेदकोट नगरपालिका -६ की ममता वडा सचिवमा चयन भएकी छिन्।

नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको वडा अधिवेशनमा उनी सर्वसम्मत रुपमा वडा सचिवमा चयन भएकी नगर प्रमुख अशोक चन्दले बताए। त्यस्तै, वडा नम्बर ४ मा १५८ पार्टि संगठित सदस्यमध्ये चन्द्रा भट्ट वडा कमिटी अध्यक्षमा चयन भएकी छिन्।
वडा नम्बर ६ मा २० वर्षीया कविता पन्त उपसचिवमा चयन भएकी छिन् भने २० वर्षीया नै मनिषा थापा नगर अधिवेशन प्रतिनिधि छनौट भएकी छिन्। नगर प्रमुख चन्दका अनुसार धेरैजसो युवा महिला वडाका पदाधिकारी र नगर अधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36