
सुदूरपश्चिम प्रदेशमा थप ९ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ हजार २ सय ३७ नमूनाको कोरोना जाँच गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन बिधिबाट १ हजार १ सय ७४ नमूनाको कोरोना परिक्षण गर्दा ३ जना र पीसीआर बिधिबाट ६३ नमूनाको कोरोना जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार ७ सय ३१ पुगको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार ७ सय २१ पुगको छ । हाल प्रदेशका बिभिन्न अस्पतालमा १२ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये सेती प्रादेशिक अस्पतालमा १० जना र महाकाली अस्पतालमा २ जनाको उपचार भइरहेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36