
सुदूरपश्चिम प्रदेशको आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

सत्तापक्षका (एकीकृत समाजवादी पाटी) संसदीय दलका नेता तथा मन्त्रिपरिषद् सदस्य दीर्घ सोडारी अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको हो ।
आज २ बजे बोलाइएको बैठक स्थगित गरी भोलि १२ बजेका लागि आह्वान गरिएको प्रदेश सरकारी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।

‘महत्त्वपूर्ण एजेन्डामा भरसक सबैको उपस्थिति हुनु आवश्यक हुन्छ’, मन्त्री जोशीले भनिन्, ‘दलका नेता सोडारीको पूर्वनिर्धारित अर्को महत्त्वपूर्ण कार्यक्रम परेको रहेछ । त्यसैले सो बैठक सारिएको हो ।’
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02