कैलालीको टीकापुर ८ का ५० घर परिवारलाई राहत वितरण
2021/11/02, 1:00
 
aa

नेपाल भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयले कैलालीका बाढी पिडित राहत प्रदान गरेको छ।गत असोज ३१ गते देखी ३ गते सम्म परेको अविरल वर्षाले प्रभावित भएका टीकापुर नगरपालिका ८ का ५० घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिउको नेपाल भारत मैत्री संघका उपाध्यक्ष हरि शङ्कर ठाकुरले बताए ।

उनका अनुसार बाढीले क्षती गरेको बेला प्रति घर २५ केजी चामल २ केजी दाल नुन र तेल सहयोग गरिएको जनाएको छ ।  बाढी प्रभावित हरुलाई राहत वितरणको लागी केन्द्रीय सह अध्यक्ष शैलेन्द्र मोहन झा ,केन्द्रीय वरिष्ठ उपाध्यक्ष तुल बहादुर साउद , केन्द्रीय उपाध्यक्ष हरि शङ्कर ठाकुर, महासंघका सचिव बोध कृष्ण सुवेदी केन्द्रीय सदस्य जागृति बोगटी,आजिवन सदस्य पुष्कर अवस्थीको उपस्थिति रहेको थियो ।संघले हिजो (सोमबार) कञ्चनपुरका  १७४ परिवारलाई राहत प्रदान  गरेको थियो ।